धनगढीको सौंराइ स्क्वायरले  ‘न्यू इयर इभ २०२५’ आयोजना गर्ने

  मङ्गलबार १७, पुष २०८१ ०७:३२

धनगढी । अंग्रेजी नयाँ वर्षको अवसरमा धनगढीमा ‘न्यू इयर इभ २०२५’ आयोजना हुने भएको छ। धनगढी उपमहानगरपालिका–४ धनगढीस्थित शहीद गेटमा रहेको सौंराइ स्क्वायरको आयोजनामा न्यू इयर इभ हुने भएको हो।

आज मंगलबार बेलुकी ७ बजेदेखि कार्यक्रम सुरु हुने सौंराइ स्क्वायरका सञ्चालक उमेश विक्रम शाहले जानकारी दिए। उनका अनुसार कार्यक्रममा विभिन्न कलाकारहरूको प्रस्तुति रहनेछ।

न्यू इयर इभमा डीजे साइन, गायिका लक्ष्मी राना, गायक सनम परियार, अछामी रेखा, डान्सर सुशीला कार्की, रितु चौधरी, नेहेल्जा चौधरीलगायतको प्रस्तुति रहने जनाइएको छ। कार्यक्रममा प्रवेश शुल्क दुई सय तोकिएको छ।

clock मङ्गलबार १७, पुष २०८१ ०७:३२

प्रतिक्रिया