नेपाल मसलन्द तथा शैक्षिक सामाग्री उद्योग संघ सुदूरपश्चिमको अध्यक्षमा जोशी चयन
धनगढी । नेपाल मसलन्द तथा शैक्षिक सामाग्री उद्योग संघ सुदूरपश्चिम प्रदेशको अध्यक्षमा कैलालीको अत्तरियाका लिलाधर जोशी चयन भएका छन् ।
गुणस्तरीय उत्पादन हाम्रो प्रतिबद्धता,व्यबसायीक सुरक्षाका लागि हाम्रो एकता भन्ने नारा सहित भएको भेलाले जोशीको अध्यक्षतामा ७ सदस्सीय संघ गठन भएको हो ।
संघको उपाध्यक्षमा कैलालीको लम्किका प्रकाश जैसी, सचिवमा कैलालीको धनगढीका गोपाल भट्ट, कोषाध्यक्षमा कैलालीको अत्तरियाका अनिरुद्र जोशी चयन भएका हुन ।
यस्तै सदस्यहरूमा कन्चनपुरको महेन्द्रनगरका हेमराज पन्त, कैलालीको टीकापुरका विनोद परियार, कन्चनपुरको कृष्णपुरका अर्जुन ठकुरी चयन भएका हुन ।
प्रतिक्रिया