ऐठपुरमा खुल्यो श्रीयस तरुण सार्थक गारमेन्ट उद्योग

  शुक्रबार १२, पुष २०८१ १५:०६

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–६ ऐठपुरमा श्रीयस तरुण सार्थक गारमेन्ट उद्योग सञ्चालनमा आएको छ । शुक्रबार एक कार्यक्रमकाबिच उद्योगको उद्धघाटन गरिएको छ । नेपाली सेनामा समेत कार्यरत रहेको युवा उद्यमी भरत जोशीले गारमेन्ट उद्योग सञ्चालनमा ल्याएका हुन् । उद्योगको वडाध्यक्ष प्रकाश बहादुर चन्दले उद्धघाटन गरे । 

करिब ३० लाख बढी लगानीमा स्थापना गरिएको उद्योगमा १० जना बढीलाई प्रत्यक्ष रोजगारी दिईने सञ्चालक जोशीले बताए । उनका अनुसार देशमै रोजगारीको अवसर सिर्जनाका लागि गारमेन्ट उद्योग सञ्चालनमा ल्याईएको हो । 

उद्योगमा विद्यार्थी तथा खेलाडीका डे«स,  अफिस युनिफर्म लगायत सबै किसिमको तयारी लुगा कपडा तयार गरिने उनको भनाई छ । साथै उनले युवा व्यवसाय प्रवद्र्धनका लागि सबैको सहयोग आवश्यक रहेको समेत उल्लेख गरे । 

उद्योगको उद्धघाटन गदैँ वडाध्यक्ष चन्दले उद्योग स्थानपनाले स्थानीय स्तरमा रोजगारीका अवसर सिर्जना हुने बताए । उनले औद्योगीक क्षेत्रको विकासका लागि वडाले आवश्यक जनशक्ती उत्पादन गर्न आवश्यक सिप मुलक तालिमको सञ्चालन गर्ने योजना रहेको बताए । साथै उनले युवाहरुलाई स्वउद्यमका लागि यसले प्रेरणा समेत प्रदान गर्ने बताए ।

No description available.

clock शुक्रबार १२, पुष २०८१ १५:०६

प्रतिक्रिया