आज र भोलि यी स्थानमा वर्षा र हिमपात, चिसो झनै बढ्ने

  शुक्रबार १२, पुष २०८१ ०६:५७

काठमाडौं । मुलुकका धेरै स्थानमा शुक्रबार साँझदेखि वर्षा र हिमपात हुने भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी न्यूनचापीय प्रणालीका कारण साँझदेखि मुलुकका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना छ।

पश्चिमी न्यूनचापीय प्रणालीका कारण शुक्रबार अपराह्नदेखि शनिबारसम्म  सुदूरपश्चिम र कर्णाली प्रदेशका धेरै र लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। यस्तै गण्डकी, बागमती, मधेश र कोशी प्रदेशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका अधिकांश स्थान तथा गण्डकी, बागमती र कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ । 

मौसम प्रणालीको असरका कारण तापक्रम घट्न गई चिसो बढ्न सक्ने समेत सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन तथा पूर्वतयारी गर्न महाशाखाले अनुरोध गरेको छ।

clock शुक्रबार १२, पुष २०८१ ०६:५७

प्रतिक्रिया