पत्रकारलाई धम्की दिने अवस्थीमाथि कडा कारबाही गर्न प्रेस सेन्टरको माग
धनगढी । धनगढीका पत्रकार टेकसिंह धामीलाई नेवि संघका कार्यकर्ता ओमप्रकाश अवस्थीले धम्की दिएका छन् ।महेन्द्रनगर पोष्टका सम्पादक समेत रहेका धामीलाई आफूलाई नेवि संघको नेता बताउने अवस्थीले फोन गरेर टाउको फुटाइदिने धम्की दिएका हुन् ।
धामी सम्पादक रहेको महेन्द्रनगर पोष्टमा प्रकाशित भएको “कैलाली बहुमुखी क्याम्पसका स्वतन्त्र उम्मेदवारलाई नेविसंघको धम्की” शिर्षकको समाचारको विषयलाई लिएर समाचार किन लेखिस् रु तेरा हातखुट्टा भाँचिदिने भन्दै धम्क्याएका हुुन् ।
‘नेवि संघको स्वतन्त्र उम्मेदवारलाई दवाव दिएको समाचार किन लेखिस् रु टाउको फुटालिदिन्छु। अब हिसावकिताब हुन्छ,’ उनले फोनमार्फत धामीलाई धम्क्याउदै भनेका छन् ।
यसैबीच पत्रकार धामीलाई धम्की दिएको घटनाप्रती प्रेस सेन्टर नेपाल कैलालीको ध्यानाकर्षण भएको जनाउदै अवस्थीलाई कारवाहीको दायरामा ल्याउन माग गरेको छ ।
प्रेस सेन्टरका सचिव मंगल बास्कोटेले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दैै समाचारमा असहमती भए कानूनी उपाय खोज्ने बाटो हुँदाहुँदै धम्की दिएको घटनाको निन्दा र भत्र्सना गर्दै कारवाहीको माग गरेका हुन् ।
प्रतिक्रिया