घरेलु हिंसा मुद्दामा फरार रहेका धनगढी बस्ने एक दम्पती डडेल्धुराबाट पक्राउ
डडेल्धुरा । घरेलु हिंसा मुद्दामा फरार रहेका धनगढी बस्ने एक दम्पती डडेल्धुराबाट पक्राउ परेका छन्।
धनगढी उपमहानगरपालिका–६ लालपुर बस्ने २९ वर्षीय लक्ष्मण भट्ट र उनकी श्रीमती २५ वर्षीया कुन्ती भट्टलाई डडेल्धुरा सदरमुकामबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
जिल्ला अदालत डडेल्धुराले दुवै जनालाई घरेलु हिंसा सम्बन्धी मुद्दामा एक महिना कैद सजाय तोकेकोमा उनीहरु फरार थिए ।
उनीहरु नवदुर्गा गाउँपालिका–२ रन्तपाला निवासी स्थायी ठेगाना भएका हुन् । दुवै जनालाई आवश्यक कारवाहीका लागि अदालतमा पेश गरिने प्रहरीले जनाएको छ ।
प्रतिक्रिया