कस्तो छ आज सात प्रदेशको मौसम पूर्वानुमान ?

  बिहिबार ११, पुष २०८१ ०६:०९

काठमाडौँ । हाल देशमा पश्चिमी वायुको साथै पश्चिमी न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको छ । हाल देशको पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको छ ।

आज कोशी प्रदेशको हिमाली क्षेत्रमा आंशिक बदली देखि मुख्यतया सफा रहने सम्भावना रहेको छ भने पहाडी क्षेत्रमा आंशिक बदली देखि मुख्यतया सफा रहने सम्भावना रहेको छ । त्यस्तै तराई क्षेत्रमा मुख्यतया सफा रहने सम्भावना रहेको छ । त्यस्तै मधेश प्रदेशमा मुख्यतया मौसम सफा रहने सम्भावना रहेको छ ।

त्यसैगरी बागमती प्रदेशको हिमाली, पहाडी र तराई क्षेत्रमा मुख्यतया सफा रहने सम्भावना रहेको छ । 

त्यस्तै गण्डकी प्रदेशको हिमाली र पहाडी क्षेत्रमा आंशिक बदली देखि मुख्यतया सफा रहने सम्भावना रहेको छ भने तराई क्षेत्रमा पनि मुख्यतया सफा रहने सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ । त्यस्तै लुम्बिनी प्रदेशको पहाडी र तराई क्षेत्रमा मुख्यतया सफा रहने सम्भावना रहेको छ ।

त्यसैगरी कर्णाली प्रदेशको हिमाली र पहाडी क्षेत्रमा दिउसो मुख्यतया सफा रहने सम्भावना रहेको छ । त्यस्तै राती हिमाली र पहाडी क्षेत्रमा आंशिक देखि साधारणतया बदली रहने सम्भावना रहेको छ । 

त्यसैगरी सुदूरपश्चिम प्रदेशको हिमाली, पहाडी र तराई क्षेत्रमा दिउसो मुख्यतया सफा रहने सम्भावना रहेको छ भने यस क्षेत्रमा राति आंशिक देखि साधारणतया बदली रहने सम्भावना रहेको छ । 

आगामी २४ घण्टा देशको उच्च पहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको साथै बिहानको समयमा तराई तथा उपत्यका केही स्थानहरूमा हुस्सु/कुहिरोको सम्भावना रहेकोले दैनिक जनजीवन,स्वास्थ्य,यातायात तथा हवाई उड्डयनमा क्षणिकरआंशिक असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउनु हुन महाशाखाले अनुरोध गरेको छ ।

clock बिहिबार ११, पुष २०८१ ०६:०९

प्रतिक्रिया