‘दिन पुगोस, खान पुगोस’ अभियान अन्तर्गत आमाको माया छात्रबासमा कम्बल सहयोग
धनगढी । धनगढीका युवा ब्यवसायी घनश्याम भट्ट नेतृत्वको टोलीलले शुरु गरेको ‘दिन पुगोस, खान पुगोस’ अभियान अन्तर्गत धनगढी स्थित आमाको माया छात्रबासमा कम्बल सहयोग गरेको छ । मंसिर १५ गतेबाट शुरु गरेको अभियानलाई निरन्तरता दिदै आज सो आमाको माया छात्रबासमा रहेका आश्रित बिद्यार्थीहरुका लागी कम्बल सहयोग गरिएको हो ।
यस अभियान अन्तर्गत चिसो मौसममा कसैलेपनि समस्या भोग्नु नपरोस भन्ने उद्देश्यले सो कम्बल आमाको माया छात्रबासमा रहेका बिद्यार्थीहरुका लागी सहयोग गरेको अभियानका संयोजक घनश्याम भट्टले बताए । गाउँमा रहेका अति बिपन्न ब्यक्ती र आश्रित बालबालिका बस्ने यस्ता बिद्यालय तथा छात्रबासहरुमा न्यानो लुगा वितरण कार्यक्रम सञ्चालन गरिएको उनले बताए ।
यस अघी भट्टले ‘दिन पुगोस, खान पुगोस’ अभियान अन्तर्गत धनगढी उपमहानगरपालिका वडा नम्बर १३ को भगवती आधारभुत बिद्यालयमा अध्यायनरत ५० बिद्यार्थीहरुलाई झोला, स्वूटर र टोपी वितरण गरिएको थियो । बिद्यालयले छनौट गरेका बिपन्न बिद्यार्थीहरुलाई सो समान उपलब्ध गराएको थियो । यसका साथै धनगढी उपमहानगरपालिका वडा नम्बर ३ को शिव पावर्ती आधारभुत बिद्यालयमा अध्यायनरत ६० जना बालबालिकाहरुलाई झोला, स्वूटर र टोपी वितरण गरिसकेको छ ।
यो अभियानमा बिभिन्न ब्यवसायी तथा समाजसेवी जोडिने क्रम जारी छ । जसबाट न्यानो लुगा बिना हिउँद काट्नुपर्ने बाध्यताका बालबालिकालाई राहत पुगेको छ । सो अभियान अन्तर्गत धनगढी उपमहानगरपालिका वडा नम्बर १३ स्थित निङ्लासैनी बिद्यापिठमा अध्यायनरत बटुकहरुलाई सिरक वितरण गरिएको थियो । यस्तै दृष्ठी फाउण्डेशन लगायत समस्यामा परेका बिभिन्न नागरिकलाई सिरक वितरण गरिसकेको छ । आगामी दिनमा यो अभियान निरन्तर चल्ने जनाइएको छ ।
प्रतिक्रिया