नवनिर्वाचित पत्रकार महासघं कैलालीको टिमलाई प्रमाणपत्र वितरण
धनगढी । नवनिर्वाचित पत्रकार महासघं कैलालीको कार्यसमितिलाई प्रमाणपत्र वितरण गरिएको छ । पत्रकार महासघं कैलालीको सभाहलमा एक कार्यक्रमका बिच निर्वाचन समितिका संयोजक जगत साउँदले नवनिर्वाचित पत्रकार महासघं कैलालीका अध्यक्ष श्रवण देउवा सहित कार्यसमितिलाई प्रमाणपत्र वितरण गरेका हुन् । कार्य समिति सगैं केन्द्रिय परिषद सदस्य र प्रदेश परिषद सदस्यहरुलाई समेत प्रमाणपत्र वितरण गरिएको हो ।
प्रमाणपत्र वितरण गर्दै निर्वाचन समिति संयोजक साउँदले निश्पक्ष पत्रकारितामा नयाँ कार्यसमितिले जोड दिनुपर्ने बताए । पत्रकार आचार सहिंता अनुसार सबैलाई काम गर्न आग्रह गर्दै नयाँ कार्य समितिलाई उनले सफलताको सुभकामना ब्यक्त गरे ।
मंसिर २८ गते सम्पन्न निर्वाचनबाट पत्रकार महासघं कैलालीको अध्यक्षमा श्रवण देउवा, उपाध्यक्षमा भोजराज रोश्यारा(बिराज) , महिला उपाध्यक्षमा भावना जोशी, सचिवमा तेजराज भट्ट, सह सचिव खुलामा शकंर बोहरा तथा समावेशी सह सचिवमा निराजन परियार र कोषाध्यक्षमा सुनिल आउजी निर्वाचित भएका थिए ।
खुला सदस्यमा बालकृष्ण ओझा कैलाश जोशी, दिनेश बिष्ट, गगन अयडी, रतनलाल चौधरी, वीरेन्द्र शाह, लोकु सिंह ठकुरी र चन्द्र प्रसाद खनाल विजयी भएका थिए । यस्तै महिला सदस्यमा अनिता चौधरी दलित सदस्यमा विवेक कुमार नागरी, आदिवासी जनजाति सदस्यमा सुधराम दहित, अन्य समावेशी सदस्यमा जगत जैगडी र सदस्य टेकसिंह धामी निर्वाचित भएका थिए ।
प्रतिक्रिया