धनगढी र कैलारीबाट ६ लाख मुल्यको भन्सार छलीका सामान बरामद

  बिहिबार २७, मङि्सर २०८१ ०८:०८

धनगढी । कैलालीको धनगढी र कैलारीबाट ६ लाख मुल्यको भन्सार छलीका सामान बरामद गरिएको छ।

धनगढी उपमहानगरपालिका–२ ट्राफिक चौराहा, सिसा पोष्ट र कैलारी गाउँपालिका–४ हनुमान मन्दिर स्थित मोहना नदी किनारबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी ६ लाख १९ हजार ३ सय मूल्य बराबरको भन्सार छलीका सामान बरामद गरिएको छ।

उक्त मुल्य बराबरको सुर्ती, चक्लेट, साडिमा लगाउने मोति माला, मोबाईल लगायतका सामान जिल्ला प्रहरी कार्यालय कैलाली र इलाका प्रहरी कार्यालय हसुलियाबाट खटिएको प्रहरी गस्ती टोलीले बुधवार बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो।

clock बिहिबार २७, मङि्सर २०८१ ०८:०८

प्रतिक्रिया