कैलारी गाउँपालिकामा आज शोक बिदा

  बिहिबार २७, मङि्सर २०८१ ०७:२३

धनगढी । कैलालीको कैलारी गाउँपालिकाले आज (बिहीवार) पालिकाभरि शोक बिदा दिने भएको छ। गाउँपालिका अन्तर्गत मनाउ आधारभूत स्वास्थ्य केन्द्रमा प्रमुख पदमा कार्यरत रहेका कर्मचारी कमलेश चौधरीको सवारी दुर्घटनामा निधन भएपछि सो पालिकाले एक दिन शोक बिदा दिने निर्णय गरेको हो। 

मंगलवार राति धनगढीबाट कैलारीतर्फ जाने क्रममा चौधरीले चलाएको मोटरसाइकल डल्लपमा ठोक्किएर उनको ज्यान गएको थियो। कर्मचारीको मृत्युले गाउँपालिका परिवार स्तब्ध भएको जनाइएको छ। 

कर्मचारीको असामयिक निधन भएकोले गाउँ कार्यपालिकाको कार्यालय, वडा कार्यालयहरु, स्वास्थ्य संस्थाहरु, सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालय, बैङ्क तथा वित्तीय संस्थाहरुमा शोक बिदा दिने निर्णय भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खगेन्द्र जोशीले जानकारी दिए।  

clock बिहिबार २७, मङि्सर २०८१ ०७:२३

प्रतिक्रिया