आज देशभरको मैसम कस्तो रहला ?

  मङ्गलबार २६, मङि्सर २०८१ ०६:३९

काठमाडौं । पश्चिमी वायुको प्रभाव रहँदा आज बिहान कोसी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बाँकी भू–भागमा मौसम आंशिक बदलीदेखि मुख्यतया सफा छ । 

जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोसी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । 

विभागले राति कोसी र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहने बताएको छ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ ।
 

clock मङ्गलबार २६, मङि्सर २०८१ ०६:३९

प्रतिक्रिया