काठमाडौंबाट धनगढी आउँदै गरेको बस दुघटना

  सोमबार २५, मङि्सर २०८१ १८:४०

काठमाडौंबाट धनगढी आउँदै गरेको बस दुघटना

धनगढी । काठमाडौंबाट धनगढी आउँदै गरेको बस सोमबार बिहान बाँकेमा दुर्घटना भएको छ ।

२४ यात्रु सवार बसले ट्रकलाई जोगाउन खोज्दा रुखमा ठोक्किएर दुर्घटनामा परेको थियो । दुर्घटनामा परी दुई जना सामान्य घाइते भएको र उनीहरु कोहलपुरस्थित मेडिकल कलेजमा उपचारका लागि गएको प्रहरीले जानकारी दिएको छ ।

पूर्व-पश्चिम राजमार्ग अन्तर्गत बाँकेको राप्ती सोनारी गाउँपालिका– ८ मगुवामा काठमाडौंबाट धनगढी तर्फ जाँदै गरेको सु.प.प ०१ –००१ ख ३६४४ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको ट्रकलाई जोगाउने क्रममा रुखमा ठोक्किएर दुर्घटना भएको थियो ।

चालक कैलालीको गोदावरी नगरपालिका – १ का ३६ वर्षीय रामबहादुर डाँगी प्रहरीको नियन्त्रणमा छन् । घटनापछि इलाका प्रहरी कार्यालय कोहलपुरबाट प्रहरी निरीक्षक राजकुमार भट्ट नेतृत्वको ९ जनाको टोली घटनास्थल पुगेको थियो ।

clock सोमबार २५, मङि्सर २०८१ १८:४०

प्रतिक्रिया