कैलालीमा ८० लाखको सुन सहित ३ जना पक्राउ

  आइतबार २३, मङि्सर २०८१ १०:३०

धनगढी । कैलालीमा करिब ८० लाखको सुन सहित तीन जना पक्राउ परेका छन् । भजनी नगरपालिका–५ स्थित कौवाखेडा सीमा इलाकाबाट शनिबार साँझ सुन सहित एक करोड बराबरको सामानसहित सशस्त्र प्रहरीको टोलीले तीन जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सुर्खेतको चौकुनी गाउँपालिका– १० का ३६ वर्षीय महेन्द्रबहादुर शाही, वीरेन्द्रनगर नगरपालिका –१ का ३१ वर्षीय हर्कबहादुर बिक र पञ्चपुरी नगरपालिका–११ का ३२ वर्षीय महेश सुनार रहेका छन् । उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण कैलाली मातहत बोर्डर आउट पोष्ट बीओपी पगियापसारले नियन्त्रणमा लिएको हो ।

भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरूलाई जाँच गर्दा ८० लाख ७९ हजार ५६१ रुपैयाँ बराबरको ६२० ग्राम सुन, १५ लाख २८ हजार ४ सय ६० रुपैयाँ बराबरको ८ किलो ९१४ ग्राम चाँदी, विभिन्न दरका ६ लाख ११ हजार ६२५ भारतीय रुपैयाँ, साउदी रियाल, विभिन्न किसिमका चार थान मोबाइल सेट र चाँदीका लेप लगाएका भाँडाकुडा सहित नियन्त्रणमा लिइएको सशस्त्रले जनाएको छ ।

clock आइतबार २३, मङि्सर २०८१ १०:३०

प्रतिक्रिया