नवजीवन सहकारीको ३१ औँ वार्षिक एकाईगत साधारणसभा सुखडमा सम्पन्न

  शनिबार २३, मङि्सर २०८१ २०:३०

सुखड । नवजीवन सहकारी संस्था लिमिटेडको ३१ औँ वार्षिक एकाइगत साधारण सभा सुखडमा सम्पन्न भएको छ । नवजीवन सहकारी संस्थाका अध्यक्ष देव बहादुर बमको सभाध्यक्षमा भएको कार्यक्रममा प्रमुख अतिथि सुदूरपश्चिम प्रदेशका पुर्ब उद्योग पर्यटन वन तथा वातावरण मन्त्री खुसीराम डगौरा थारु रहेका थिए ।

भेलालाई सम्वोधन गर्दै पुर्बमन्त्री खुसीराम डगौराले देशव्यापी रुपमा सहकारीको बदनामी भईहरका बेला नवजीवन सहकारीले आफ्नो गरीमा उच्च राखेको भन्दै प्रशंसा गरे । उनले अन्य सहकारीले पनि नवजीवनबाट पाठ सिक्नुपर्ने बताए । 

कैलाली जिल्लाको आर्थिक विकासमा नवजीवन सहकारीको ठूलो योगदान रहेको पुर्बमन्त्री डगौराले बताए । 
घोडाघोडी नगरपालिकाका प्रमुख खडक बहादुर रावत, जोशिपुर गाँउपालिका अध्यक्ष चित्र चौधरी, घोडाघोडी नगरपालिकाका निवर्तमान प्रमुख ममता प्रसाद चौधरी, घोडाघोडी उद्योग बाणिज्य संघका अध्यक्ष दुर्गादत्त जैशी, घोडाघोडि ब क्याम्पस का क्याम्पस प्रमुख लक्ष्मि भट्टराई, नवजिवन सहकारी संस्थाका सल्लाहकार संयोजक चक्र बहादुर सिह, सस्थाका पर्ब उपाध्यक्ष तथा सल्लाहकार समिती सदस्य डा गोबिन्द राज जोशि लगायतले मन्तव्य राखेका थिए । उनिहरुले नवजीवन सहकारी संसथको प्रशंसा गर्नुका साथै देशकै नमूना सहकारी बनेकामा अरुले पनि सिको गनु  पर्ने बताए । 

सहकारीका अध्यक्ष देवबहादुर बमले २०८१ असार मसान्तमा सहकारीको शेयरपूजी ३० करोड ८० हजार, शेयर सदस्य ३४ हजार ३९५ पुगेको, जगेडा तथा कोषहरुमा ६२ करोड रुपिया रहेको बताए । यस्तै २०८१ असार मसान्तमा ४ अर्ब ४ करोड रुपिया लगानी रहेको, खुद मुनाफा १६ करोड ४१ लाख रहेको र भाका नाघेको ऋण ३ प्रतिशतमा सिमित राखेको छ शेयर सदस्यहरुलाई १३ प्रतिशतका दरले हुन आउने रकम करिब ४ करोड लाभांश वितरण गरिने जानकारी दिइएको छ । सहकारीले करीब ५० लाख रकम शेयर सदस्यहरुको हितमा सहयोग गरेको जानकारी दिइएको छ ।

नवजिवन सहकारी संस्थाका उपाध्यक्ष चेतराज ओझाले स्वागत मन्तब्य गरेको कार्यक्रमको सन्चालन  महाप्रबन्धक डम्वर सिह गुरुले गरेका थिए ।  सहकारीले सुदूरपश्चिम र लुम्विनी प्रदेशमा गरी १० वटा सेवा केन्द्र, लघुवित्त कार्यक्रम र कुटानी पिसानी गर्ने मिलसहितको कृषि उपआयोजना सञ्चालन गरिरहको छ ।

 सहकारीको काठमाडौं र डडेलधुरामा शाखा खोल्ने अनुमति विभागबाट लिएको भएपनि ती क्षेत्रमा यस अघि सञ्चालित सहकारीले वचतकर्ताको ठूलो रकम हिनामिना गरी भागेकाले तत्काल शाखा खोल्ने काम स्थगित गरेको छ । 

सुखडका असल ऋणीलाई सम्मान
सभामा सुखड शाखाका असल ऋणीलाई सम्मान गरिएको छ । सहकारीले असल ऋणीका रुपमा बुधराम चौधरी, भैरबबहादुर रावल, रामपति देवि चौधरीलाई सम्मान गरिएको छ । 

प्रतिनिधि चयन
सहकारीको मङ्सिर ३० गते हुने साधारण सभाका लागि प्रतिनिधि छानिएका छन् । छानिएका प्रतिनिधिहरुमा यम पोख्ररेल, पारस राज जोशि, रेखा देबकोटा, ठगिराम तिवारि छन् । 
 

clock शनिबार २३, मङि्सर २०८१ २०:३०

प्रतिक्रिया