महाकालीमा निर्माणाधीन पुलमा बीस दिन आवतजावत नहुने

  बिहिबार ०९, चैत २०७९ १८:४२

कञ्चनपुर, ९ चैत । कञ्चपुरस्थित महाकाली नदीमा निर्माणाधीन चार लेन पक्की पुलमा २० दिनसम्म आवतजावत बन्द गर्न लागिएको छ । 

निर्माण कार्यको लागि पक्की पुलमा आवतजावत बन्द गर्न लागिएको हो । पुलको दुवै एबुटमेंट वालमा आरसिसि विग बाल निर्माण गर्न चैत १० गतेदेखि २० दिनसम्मका लागि पुलमा आवतजावत बन्द गर्न लागिएको हो ।

पुल बन्द हुन लाग्दा सर्वसाधारणलाई बैकल्पिक मार्ग प्रयोग दोधारा–चाँदनी नगरपालिकाका निमित्त प्रमुख प्रसाशकीय अधिकृत भानदेव भट्टले अनुरोध गरे । वैकल्पिक बाटोको रुपमा दोधरा–चाँदनीलाई जोड्ने झुलुङ्गे पुल रहिआएको छ ।

clock बिहिबार ०९, चैत २०७९ १८:४२

प्रतिक्रिया