इसेवाको नयाँ उपहार योजना सार्वजनिक

  बिहिबार ०२, चैत २०७९ १७:३३

काठमाडौं, २ चैत्र । इसेवाले ‘बैंक ट्रान्स्फर बाट पैसा खातैमा, हङकङको टिकट चट्ट हातैमा’ उपहार योजना सार्वजनिक गरेको छ । यस अफर अन्तरगत इसेवाका ग्राहकले आफ्नो इसेवा एकाउन्ट मार्फत बैंक खातामा रकम ट्रान्स्फर गर्दा हङकङ घुम्ने मौका पाउनेछन् ।

अफरमा बैंक ट्रान्स्फर गर्दा डबल क्यासब्याक पाउनुका साथै हङकङ घुम्न जाँदा दोहोरो टिकट जित्न सकिने कम्पनीले जनाएको छ । यस अफरमा इसेवा मार्फत बैंक तथा सहकारीका खातामा रकम ट्रान्स्फर गर्दा सहभागी हुन पाइनेछ ।

यस अफर योजना चैत्र ३० गतेसम्म सञ्चालन हुनेछ । यस योजनामा सहभागी हुन योजना अवधिभर कम्तीमा दुईपटक बैंक ट्रान्स्फर गरेको हुनुपर्नेछ ।

इसेवाले हाल एण्ड्रोइड मोबाईलमा ५५ लाख र आइओस् मोबाईलमा करिब १० लाख गरि ६५ लाख बढी ग्राहकलाई एप्स् मार्फत आम नेपालीहरू सेवा प्रदान गरिरहेको छ ।

इसेवाले नेपालका सुविधा सम्पन्न क्षेत्रदेखि विकट वस्तीहरुमा हुने आर्थिक कारोबारलाई  डिजिटल माध्यम मार्फत धेरै किसिमका सहजता ल्याएको छ ।

clock बिहिबार ०२, चैत २०७९ १७:३३

प्रतिक्रिया