धनगढी विमानस्थलका प्रमुख पन्तसहित ३ जनाले लगाए वरिष्ठ सईको फुली

  सोमबार १८, मङि्सर २०८१ ०८:०१

धनगढी । धनगढी विमानस्थलका प्रमुख प्रहरी नायब निरीक्षक समुन्द्र केशर पन्तसहितका तीन जनाले वरिष्ठ प्रहरी नायब निरीक्षकको फुली लगाएका छन् ।

हालै बढुवा भएका पन्तसहित दिग्गज ठकुराठी र जय सिह गुरुले आइतबार कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) पदमबहादुर विष्टबाट दर्ज्यानी चिन्ह लगाएका हुन् ।

पन्त लामो समयदेखि धनगढी विमानस्थलको सुरक्षा प्रमुखको जिम्मेवारीमा छन् ।

यस्तै प्रहरी सहायक निरीक्षकबाट प्रहरी नायब निरीक्षकमा बढुवा भएका अन्य तीन जनाले पनि दर्ज्यानी चिन्ह पाएका छन् ।

प्रहरी नायव निरीक्षकमा बढुवा हुनेमा माधवप्रसाद भट्ट, टेकबहादुर बिष्ट र निरजबहादुर चन्द रहेका छन् ।

clock सोमबार १८, मङि्सर २०८१ ०८:०१

प्रतिक्रिया