कस्तो हुनेछ आज देश भरीको मौसम ?

  सोमबार १८, मङि्सर २०८१ ०७:३०

काठमाडौं । पश्चिमी वायुको सामान्य प्रभाव रहँदा आज बिहान गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बाँकी भू–भागमा मौसम मूख्यतया सफा छ । तराईका एकदुई स्थानमा हल्का हुस्सु लागेको छ ।

जल तथा मौसम विज्ञान विभागले दिउँसो कोसी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहने जनाएको छ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । 

कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ । 

विभागले राति कोसी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहने बताएको छ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ ।

clock सोमबार १८, मङि्सर २०८१ ०७:३०

प्रतिक्रिया