क्यान महासंघ कैलालीको अध्यक्षमा अवस्थी
धनगढी । क्यान महासंघ नेपाल कैलालीको अध्यक्षमा नरेन्द्र राज अवस्थी निर्वाचित भएका छन ।
क्यान महासंघ कैलालीको ९औँ अधिबेशनबाट अबस्थीको अध्यक्षतामा ७ सदसीय कमिटी निर्वाचीत भएको हो ।
महासंघको उपाध्यक्षमा नवीन कुमार चौधरि, सचिवमा राजेन्द्र बिस्ट, कोषाध्यक्षमा लक्ष्मी दत्त जोशी र सह सचिवमा राम प्रसाद चौधरि निर्वाचीत भएको छन् ।
यस्तै सदस्यमा रेखा चौधरी र दिपक देउवा निर्वाचीत भएको छन् ।
प्रतिक्रिया