पश्चिमी वायुको प्रभाव : यस्तो छ तीन दिनको मौसम पूर्वानुमान

  बुधबार १२, मङि्सर २०८१ ०७:०६

काठमाडौं । नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। हाल पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको  जल तथा मौसम विज्ञान विभागले जनाएको छ। तराई भू–भागका केही स्थानहरूमा तथा पहाडी भू–भागका थोरै स्थानहरुमा हुस्सुरकुहिरो लागेको छ।

विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागका एक/दुई स्थानमा हल्का वर्षा र कोशी प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। 

राती कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

बिहीबार पनि कोशी प्रदेशका पहाडी भू–भागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाको बुलेटिनमा उल्लेख छ। शुक्रबारबाट भने कोशी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ।   

clock बुधबार १२, मङि्सर २०८१ ०७:०६

प्रतिक्रिया