धनगढीमा भन्सार प्रमुखका भान्सेसहित दुई जना पक्राउ

  सोमबार १०, मङि्सर २०८१ १७:०१

धनगढी । कैलाली भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृतका भान्सेसहित दुई जना पक्राउ परेका छन् । भन्सार प्रमुख अनन्तप्रसाद तिमल्सिनाका भान्से ३४ वर्षीय रोहित मेहता र ग्यारेज सञ्चालन गर्दै आएका २५ वर्षीय प्रकाशप्रसाद उपाध्यायलाई प्रहरीले पक्राउ गरेको हो । 

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक कबिन्द्रसिंह बोहराका अनुसार पक्राउ परेका दुबै जना धनगढी उपमहानगरपालिका–३ का बासिन्दा हुन् । 

‘एकै अल्फाबेट र नम्बर भएका दुई मोटरसाइकल चलाएको निवेदन परेपछि दुबै जनालाई पक्राउ गरिएको हो,’ डीएसपी  बोहराले भने, ‘किर्ते तथा अपराधिक लाभमा म्याद थप गरेर दुबै जनामाथि अनुसन्धान भइरहेको छ ।’

भन्सारका भान्से मेहताले सु.प.प्र ०२ ००४ प ४१ ४८ नम्बर मोटरसाइकल चलाउँदै आएका थिए । त्यहिँ नम्बर भएको अर्को मोटरसाइकल भन्सार लिलामीमार्फत खरिद गर्दै उनैले बिक्री गरेको बताइएको छ । 

clock सोमबार १०, मङि्सर २०८१ १७:०१

प्रतिक्रिया