सुदूरपश्चिम महोत्सवको तयारी तीब्र
धनगढी । सुदुरपश्चिम महोत्सब २०८१को तयारी तिब्र रुपमा अघि बढेको छ । यही मंसिर २२ गतेबाट शुरु हुने सो महोत्सबको तयारी ५० प्रतिशतले सम्पन्न भएको कैलाली उधोग बाणिज्य संघका महासचिब ओम बहादुर बिष्टले जानकारी दिए ।
धनगढी १ पशुपतिटोलमा मंच र स्टल निर्माण कार्य भई रहेको छ उनले भने महोत्सको टिकट छपाई लगायत कामहरु पनि तिब्र रुपमा अघि बढिरहेका छन ।
महोत्सबमा आबश्यक सबै काम सम्पन्न हुन ६ दिन लाग्न सक्छ उनले भने महोत्सबको निर्धारित समय सिमा भित्र काम सम्पन्न गर्न मिस्त्री खटेका छन ।
महोत्सब उदघाटनका लागी प्रधानमन्त्री केपी शर्मा ओली आउने
त्यस्तै महोत्सब उदघाटनका लागी प्रधानमन्त्री केपी शर्मा ओली आउने उनले जानकारी दिए । प्रधानमन्त्री संगैअर्थमन्त्री विष्णु पौडेल, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेलाई पनि आयोजक टिमले निमन्त्रणा दिएको उनले बताए ।
कैलाली उद्योग वाणिज्य संघले २०६३ सालदेखि धनगढीमा सुदूरपश्चिम महोत्सव तथा व्यापार मेलाको आयोजना गर्दै आएको छ । सुदुरपश्चिमको बिकास संगै कला संस्कृती र स्थानिय उत्पादनलाई समेत चिनाउन महोत्सबको आयोजना गरिदै आएको उनको भनाई छ ।
प्रतिक्रिया