धर्म जोगाउने सङ्कल्प लिएर अगाडि बढेका छौंः राप्रपा अध्यक्ष लिङ्देन

  शुक्रबार ०७, मङि्सर २०८१ ११:५५

कञ्चनपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले देश र धर्म जोगाउने सङ्कल्प लिएर अगाडि बढेको बताएका छन्। 

कञ्चनपुरको झलारीबजारमा बिहीवार आयोजित कोणसभामा मन्तव्य राख्दै उनले सनातन धर्म जोगाउन सबैको ऐक्यबद्धता, प्रतिबद्धताको आवश्यकता रहेको बताए। 

“विसं २०४६ को राजनीतिक परिवर्तनपश्चात ३५ वर्षको समयमा प्रजातन्त्र, लोकतन्त्र जे भने पनि पार्टी तिनै छन्, नेता तिनै छन्”, अध्यक्ष लिङ्देनले भने, “पालैपालो र एक्लाएक्लै सत्तामा पुगेर ती पार्टीहरूले देशलाई बर्बादीको बाटोमा लगेका छन्।”

clock शुक्रबार ०७, मङि्सर २०८१ ११:५५

प्रतिक्रिया