फेसबुकमा १ लाख फलोअर कटाउने पहिलो एनपीएल टिम बन्यो सुदूरपश्चिम रोयल्स
काठमाडौं । नेपाल प्रिमियर लिग एनपीएल०का टिममध्ये फेसबुकमा एक लाख फलोअरको आँकडा पार गर्ने पहिलो टिम सुदूरपश्चिम रोयल्स बनेको छ । सोमबार उक्त टिमले एक लाख फलोअरको आँकडा पार गरेको हो । एनपीएलमा आठ टिम रहेका छन् । २१ भदौमा टिम घोषणा भए लगत्तै सबैजसो टिम सामाजिक सञ्जालमा सक्रिय छन् ।
त्यसमध्ये सबैभन्दा पहिले एक लाख फलोअरको आँकडा सुदूरपश्चिम रोयल्सले पार गरेको हो । यो समाचार तयार पार्दासम्म सुदूरपश्चिम रोयल्सको फेसबुक पेजले एक लाख फलोअर र ८० लाख बढी लाइक पाएको छ ।
७५ हजार फलोअर र ६१ लाख लाइक सहित पोखरा एभेन्जर्सको फेसबुक पेज दोस्रो स्थानमा छ । तेस्रो स्थानमा लुम्बिनी लायन्स रहेको छ । यस टिमको फेसबुक पेजमा ६४ हजार फलोअर र ४४ हजार लाइक रहेको छ । ५४ हजार बढी फलोअर र ३६ हजार बढी लाइकका साथ कर्णाली याक्सको फेसबुक पेज चौथो स्थानमा छ ।
पाँचौं स्थानमा काठमाडौं गुर्खाज छ । यस टिमको फेसबुक पेजमा ३४ हजार बढी फलोअर र २९ हजार बढी लाइक रहेको छ । छैठौं स्थानमा विराटनगर किङ्ग्स रहेको छ । यस टिमको फेसबुक पेजमा २५ हजार बढी फलोअर र १६ हजार बढी लाइक रहेको छ ।
सातौं स्थानमा जनकपुर बोल्ट्स रहेको छ । यस टिमको फेसबुक पेजमा २४ हजार बढी फलोअर र १६ हजार बढी लाइक रहेको छ । १९ हजार बढी फलोअर र ११ हजार बढी लाइकका साथ चितवन राइनोज अन्तिम स्थानमा छ ।
प्रतिक्रिया