दार्चुला जिप दुर्घटनाका ४ जना घाइतेलाई हेलिकप्टरबाट धनगढी रिफर
धनगढी । मालिकार्जुन जात्राबाट फर्कने क्रममा जिप दुर्घटनामा परी घाइते भएकालाई नेपाली सेनाको हेलिकप्टरबाट धनगढी रिफर गराइएको छ । घाइते ४ जनालाई साढे ९ बजेतिर सेती प्रादेशिक अस्पताल धनगढी रिफर गरिएको प्रहरीले जनाएको छ ।
सेनाको हेलिकप्टरले घाइते जिप चालक मालिकार्जुन गाउँपालिका–८ का सुनिल जोशी, शैल्यशिखर नगरपालिका–७ का सन्दिप रावल, बैतडी जिल्ला डिलाशैनी गाउँपालिका–४ उत्तम रोकाया र भारतीय नागरिक सोहिन शाहलाई धनगढी रिफर गरिएको गोकुलेश्वर अस्पतालका निमित्त मेडिकल मेडिकल सुपरिटेन्डेन्ट उत्तमसिंह धामीले जानकारी दिए ।
महासेनानी सुवास खड्काको टोलीले घाइतेहरुलाई धनगढी पुर्याएको हो । उनिहरुको निसर्ग अस्पतालमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
प्रतिक्रिया