कैलालीमा तीनवटा मोटरसाइकलसहित ५ लाख मुल्यको अबैध सामान बरामद
धनगढी । कैलालीमा तीनवटा मोटरसाइकलसहित ५ लाख मुल्यको अबैध सामान बरामद गरिएको छ। जिल्लाको टीकापुर, धनगढी र भजनबाट अबैध सामान बरामद गरिएको हो।
आइतबार टीकापुर नगरपालिका–९ ठोके बजार नजिकैबाट ४ लाख ४२ हजार ८५० मुल्यको हरियो खुर्सानी, बदाम, छिद्रा माछा र तीन थान मोटराइकल बरामद गरिएको छ।
यस्तै धनगढी उप–महानगरपालिका–२ र वडा नम्बर १३ बाट ४७ हजार ६ सय मुल्यको कपडा, सुर्तिजन्य पदार्थ र प्लाष्टिक झिल्ली तथा भजनी नगरपालिका–७ शिविर टोलबाट १० हजार ४ सय मुल्यको चिनि र हरियो खुर्सानी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
प्रतिक्रिया