पश्चिमी र स्थानीय वायुको प्रभाव ; कस्तो रहनेछ आजको मौसम ?

  बुधबार २१, कार्तिक २०८१ ०६:१२

काठमाडौँ । हाल देशभर पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ । 

कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका एक/दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

भोलि बिहीबार देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ ।

clock बुधबार २१, कार्तिक २०८१ ०६:१२

प्रतिक्रिया