निर्माणाधीन अछाम दरबारको झ्यालका सिसा हटाउन पत्र

  मङ्गलबार २०, कार्तिक २०८१ ११:३८

अछाम । निर्माणाधीन अवस्थामा रहेको मङ्गलसेन दरबारको झ्यालमा राखेको सिसा हटाउन मङ्गलसेन नगरपालिकाले अनुरोध गरेको छ । पुरानै संरचनामा निर्माण भइरहेको दरबारको झ्यालमा सिसा लगाएकाले दरबारको ऐतिहासिक तथा सांस्कृतिक झल्को मेटिने भएकाले सिसा हटाउन पत्र पठाएको छ ।  

दरबारको झ्यालमा लगाइएका सिसा हटाएर पुरानै शैलीमा काठको प्रयोग गर्न अनुरोध गरिएको छ । पुरानै शैलीमा निर्माण भइरहेको दरबार पर्यटकीय रूपमा हेरिएकाले सिसा प्रयोगविरुद्ध स्थानीयको माग र दबाब भएकाले सहरी विकास तथा भवन निर्माण विभागलाई लेखिएको नगरका उपप्रमुख सङ्गीता रावल सोडारीले जानकारी दिनुभयो । सिसा प्रयोगले दरबारको स्वरूप नै भद्दा भएको दरबार अवलोकन गर्नेको भनाइ आइरहेको बताइएको छ । 

२०६७ सालमा निर्माण पूरा हुने गरी २०६५ मा ठेक्का भएर निर्माणका क्रममा रहेको मङ्गलसेन दरबारलाई प्रदेशस्तरकै सङ्ग्रहालय बनाउनुपर्र्ने माग बढेको छ । ऐतिहासिक र सांस्कृतिक रूपमा ठुलो सङ्ग्रहालयका रूपमा सुदूरपश्चिम प्रदेश सरकारले सङ्ग्रहालय बनाउन स्थानीयको माग छ । 

अछामी राजाका पालामा करिब दुई सय वर्षअघि निर्माण गरिएको भनिएको सो दरबार २०५८ फागुन ४ गते राति तत्कालीन नेकपा ९माओवादी० ले सदरमुकाम आक्रमणका क्रममा ध्वस्त भएको थियो । १४ वर्षसम्म पनि निर्माण नभएको भन्दै स्थानीय आक्रोशित छन् ।    

clock मङ्गलबार २०, कार्तिक २०८१ ११:३८

प्रतिक्रिया