कैलालीमा तिहारमा राति १० बजेपछि देउसी, भैलो खेल्न नपाइने
धनगढी । कैलालीमा राति १० बजेपछि देउसी, भैलो खेल्न नपाइने भएको छ । जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै तिहारको समयमा कानुन विपरीतका अवाच्छित गतिविधि हुनसक्ने भन्दै देउसी भैलो, नाचगान जस्ता मनोरञ्जनात्मक कार्यहरु राति १० बजेपछि गर्न नपाइने जनाएको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीले जारी गरेको सूचनामा आधुनिकताको नाममा नेपाली समाजको संस्कृति, परम्परा, मर्यादा, अनुशासन विपरित छरछिमेक र समाजको समग्र शान्ति नै प्रभावित हुनेगरी कानून विपरितका अवाञ्छित गतिविधि हुनसक्ने भएकाले १० बजेपछि मनोरञ्नजनात्मक कार्य गर्न नपाइने उल्लेख गरिएको छ ।
प्रशासनले पटका, आतिसवाजी जस्ता प्रज्वलनशील पदार्थ पड्काउन र ओसार पासार नगर्नु नगराउनु पनि आग्रह गरेको छ । प्रशासनले तोकेको समय भन्दा बढि देउसी भैलो खेलेको तथा अन्य गतिविधि गरेको पाइएमा कानुन बमोजिम कारवाही गरिने समेत सूचना उल्लेख गरिएको छ ।
दिपावलीमा दियो, मैनवत्ती, पालाहरु वाल्ने एवम् विद्युतीय उपकरणहरु वाली दिपावली मनाउँदा आगजनी जस्ता विपद्का घटना हुनसक्ने भएकोले सचेत हुन समेत अनुरोध गरेको छ ।
प्रतिक्रिया