कञ्चनपुरको पुनर्वासबाट ११८ ग्राम बढी ड्रग्ससहित २ कारोबारी पक्राउ

  बुधबार १४, कार्तिक २०८१ ०६:४५

धनगढी । सुदूरपश्चिममा लागूऔषधतर्फ नेपाल प्रहरीले अहिलेसम्मकै ठूलो अपरेसन सफतापूर्वक सम्पन्न गरेको छ। मंगलबार प्रदेशको कञ्चनपुर जिल्लास्थित पुनर्वास नगरपालिका(३ बजार क्षेत्रमा प्रहरीले ठूलो मात्रामा लागूऔषधसहित कारोबारी समातेको हो।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका प्रमुख डीआईजी रविन्द्र केसीले बेलुका सो क्षेत्रमा ठूलो मात्रामा ब्राउन सुगरसहित २ जनालाई प्रहरीले नियन्त्रणमा लिएको जानकारी दिए। 

उनका अनुसार लागूऔषध नियन्त्रण व्युरो महेन्द्रनगरबाट खटिएको सिनियर सब–इन्सपेक्टर केशव जोशी र इलाका प्रहरी कार्यालय त्रिभुवनवस्तीको संयुक्त टोलीले सो अपरेसन चलाएको हो।

विशेष सुराकीका आधारमा थालिएको अपरेसनमा २ ड्रग्स कारोबारी समातिएका छन्। समातिनेमा पर्सा घर भएर धनगढी बस्छु भनी बताउने अमित कुमार र बेलौरीकी सीता देबी चौधरी रहेका छन्।

उनीहरूबाट प्रहरी टोलीले ११८ ग्राम ३६० मिलिग्राम ब्राउन सुगर बरामद गरिएको जनाएको छ। अहिले घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीको भनाई छ।

clock बुधबार १४, कार्तिक २०८१ ०६:४५

प्रतिक्रिया