धनगढीबाट १ लाख बढीको पटाकासहित मगर समातिए

  शनिबार १०, कार्तिक २०८१ ०७:३५

धनगढी । धनगढीमा एक लाख बढीको पटाकासहित एकजना समातिएका छन्। शुक्रवार धनगढी उप-महानगरपालिका वडा नं. ०८ धनगढीगाँउस्थित क्षेत्रबाट उनी समातिएका हुन्।

समातिनेमा धनगढी उपमहानगरपालिका २ सन्तोषीटोल बस्ने वर्ष ४१ को मिनबहादुर बुच्चा मगर रहेका छन्।

उनले चलाएको सुपप्र ०१-००१ ज १४८२ नम्बरको कारलाई शंका लागि प्रहरीले चेकजाँच गर्दा उक्त कारभित्र अन्दाजी पटाका फेला परेका थिए।

त्यसपछि कैलाली प्रहरीको टोलीले १ लाख ४हजार ३४० बराबरको ३ कट्टा पटाका बरामद गरिएको जनाएको छ।

यस्तै कार र मगरलाई पनि नियन्त्रणमा लिएर मानिसलाई बिष्फोटक पदार्थ ऐन अनुसार मुद्दा दर्ता गराई जिल्ला अदालत कैलालीबाट दिन ७ ९सात० को म्याद थप गरिएको छ।

clock शनिबार १०, कार्तिक २०८१ ०७:३५

प्रतिक्रिया