कार्यसम्पादन राम्रो नभएको भन्दै बिओपि फूलवारीको पुरै युनिट तानियो

  शनिबार १०, कार्तिक २०८१ ०६:२३

धनगढी । सशस्त्र प्रहरी बल बिओपी फूलवारीमा कार्यरत सम्पुर्ण युनियट एका-एक  गणमा तानिएका छन् ।  प्रभावकारी काम गर्न नसकेको भन्दै केही दिन पहिला बिओेपि फूलवारीमा कार्यरत सबै युनिट सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण कैलाली तानिएका हुन् ।

बिओपि फूलवारीमा कार्यरत शसस्त्र प्रहरीहरुले  तस्करी नियन्त्रणमा सक्रिय भूमिका खेल्न नसकेको,पटक–पटक विवादमा आउने, सर्वसाधारणलाई अनावश्य दुख दिन थालेको आरोप लाग्न थालेपछि एकाएक  गणमा तानिएको बताईएको छ । तस्करहरुसंग मिल्ने र घरायसी समान ल्याउने स्थानीयलाई अनावश्यक दुख दिने गरेको समेत स्थानीयले आरोप लगाउदै आएका थिएँ ।

यसरी पटक–पटक आरोप  खेप्न थालेपछि सशस्त्र प्रहरी बल, नेपाल नम्बर ३४ गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक दलबहादुर पाण्डेले बिओपि फूलवारीमा कार्यरत सबै युनिटलाई गणमा तानिएको स्वीकार गरे ।

इन्सपेक्टर अच्चुत  कुँवरलाई चेतावनी सहित साहीे बिओपिमा काम गर्ने गरी अन्य सबै युनिटलाई  गणमा तानिएको एसपी पाण्डेले बताए । उक्त बिओपीमा गणबाट  नयाँ टोली खटाएका समेत एसपी पाण्डेले बताए । कार्य सम्पादन गर्न नसक्ने अन्य बिओपीको टोलीलाई समेत गणमा तान्ने काम भईरहेको उनको भनाई छ ।

clock शनिबार १०, कार्तिक २०८१ ०६:२३

प्रतिक्रिया