सुदूरपश्चिममा भारतबाट लागुऔषध सप्लाई गर्ने २ जना पक्राउ

  शुक्रबार ०९, कार्तिक २०८१ ०६:४९

धनगढी । सुदूरपश्चिममा भारतबाट लागुऔषध सप्लाई गर्ने २ जना भारतीय डिलरलाई प्रहरीले पक्राउ गरेको छ। बिहीबार लागूऔषध नियन्त्रण व्युरो, शाखा कार्यालय महेन्द्रनगरको टोलीले उनीहरूलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा भारतको जिल्ला राजपुर ग्राम हाजिर नगर उत्तर प्रदेश भारत बस्ने २६ वर्षीय रेहान अहमत र २८ वर्षीय गुफरान अली रहेका छन्।

उनीहरूको साथबाट सिनियर सब–इन्सपेक्टर केशव जोशीको टोलीले २८.३५ ग्राम खैरो हेरोइन बरामद गरिएको छ। उनीहरूलाई टोलीले २ मोबाइल र एक मोटरसाइकलसहित भीमदत्त नगरपालिका १८ स्थित इलाकाबाट समातेको थियो।

प्रहरीले चेकजाँच गर्ने क्रममा युपी २२ एडी ७२६२ नम्बरको सेतो कलरको अपाची मोटरसाईकल चलाई आईरहेको अवस्थामा  गुफरान अलीले लगाएको निलो जिन्स पाईन्टको खल्तीमा ड्रग्स फेला परेको थियो।

खल्तीमा सेतो प्लास्टिकमा उनले बेरि लुकाएर ड्र्ग्स राखेका थिए। उनीहरू दुबैजना लागुऔषध सप्लायर हुन्।

clock शुक्रबार ०९, कार्तिक २०८१ ०६:४९

प्रतिक्रिया