धनगढीको फुलावारीमा श्रमदान गर्दै बेलायती नागरिक

  बिहिबार ०८, कार्तिक २०८१ ०८:४३

धनगढी । नेपाल युथ फाउन्डेसन नेपाल र धनगढी उपमहानगरपालिकाको  साझेदारीमा  निर्माण भइरहेको ओल्गापुरी भोकेसनल स्कुलमा बेलायती नगरिकले श्रमदान गरेका छन् । 

धनगढी उपमहानगरपालिका वडा नम्बर १८ एफ गाउँमा निर्माण भइरहेको भोकेसनल स्कुलमा बेलायती नागरिक हेजल ग्रेसको नेतृत्वमा पाँच दिनका लागि १९ जना बेलायती नागरिक श्रमदानमा जुटेका हुन् । 

कात्तिक ४ गतेदेखि श्रमदानमा जुटेका बेलायती नागरिकले ८ गतेसम्म श्रमदान गर्ने छन् । बेलायती संस्था सपोर्टिङ नेपाल्स चिल्ड्रेनको आर्थिक अनुदानमा नेपाल युथ फाउन्डेसनमार्फत तीन करोड ४३ लाख बराबरको लागतमा उपमहानगरपालिकाको साझेदारीमा भोकेसनल स्कुलको निर्माण कार्य भइरहेको छ । 

श्रमदान टोलीको नेतृत्व गरेकी बेलायती नागरिक ग्रेसले आर्थिक अनुदानसँगै केही दिन श्रमदान गर्दा संस्थाप्रतिको अपनत्वमा वृद्धि हुने बताईन् । नेपाली नागरिकलाई सिप सिकेर स्वदेशमै रोजगारमुखी बनून् भन्ने सन्देश दिनसमेत आफूहरूले श्रमदान गर्न लागेको बताईन् ।   

clock बिहिबार ०८, कार्तिक २०८१ ०८:४३

प्रतिक्रिया