कैलालीमा जंगलबाट ८ जना जुवाडे पक्राउ

  बिहिबार ०८, कार्तिक २०८१ ०८:४०

धनगढी । कैलालीबाट ८ जना जुवाडे पक्राउ परेका छन्। जिल्लाको गोदावरी नगरपालिका–३ मुक्ति शिबिर स्थित जंगलको खुल्ला चौरबाट गोदावरी नगरपालिका–३ मालाखेती बस्ने ४१ वर्षीय जगत सुनारसहित ८ जना पक्राउ परेका हुन्। 

उनीहरुलाई इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरी टोलीले नगद ३५ हजार ७७२ र २ गड्डी ताससहित पक्राउ गरी यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

clock बिहिबार ०८, कार्तिक २०८१ ०८:४०

प्रतिक्रिया