धनगढीका पत्रकार धामीलाई धम्की, कारबाही गर्न प्रेस चौतारी कैलालीको माग

  बिहिबार ०९, चैत २०७९ १३:४८

धनगढी । धनगढीका पत्रकार टेकसिंह धामीलाई नेवि संघका कार्यकर्ता ओमप्रकाश अवस्थीले धम्की दिएका छन् । महेन्द्रनगर पोष्टका सम्पादक समेत रहेका धामीलाई आफूलाई नेवि संघको नेता बताउने अवस्थीले फोन गरेर टाउको फुटाइदिने धम्की दिएका हुन् । 

धामी सम्पादक रहेको महेन्द्रनगर पोष्टमा प्रकाशित भएको “कैलाली बहुमुखी क्याम्पसका स्वतन्त्र उम्मेदवारलाई नेविसंघको धम्की” शिर्षकको समाचारको विषयलाई लिएर समाचार किन लेखिस् ? तेरा हातखुट्टा भाँचिदिने भन्दै धम्क्याएका हुुन् ।  


‘नेवि संघको स्वतन्त्र उम्मेदवारलाई दवाव दिएको समाचार किन लेखिस् ?  टाउको फुटालिदिन्छु। अब हिसावकिताब हुन्छ,’ उनले फोनमार्फत धामीलाई धम्क्याउदै भनेका छन् । 

यसैबीच पत्रकार धामीलाई धम्की दिएको घटनाप्रती प्रेस चौतारी नेपाल कैलालीले ध्यानाकर्षण भएको जनाउदै अवस्थीलाई कारवाहीको दायरामा ल्याउन माग गरेको छ ।

प्रेस चौतारीका सचिव जनक विष्टले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दैै समाचारमा असहमती भए कानूनी उपाय खोज्ने बाटो हुँदाहुँदै धम्की दिएको घटनाको निन्दा र भत्र्सना गर्दै कारवाहीको माग गरेका हुन् । धामी प्रेस चौतरी जिल्ला कार्य समिति कैलालीका सदस्य हुन् ।
 

clock बिहिबार ०९, चैत २०७९ १३:४८

प्रतिक्रिया