कञ्चनपुरको बेदकोटबाट ५ जना जुवाडे पक्राउ

  बुधबार ०७, कार्तिक २०८१ ०७:१९

कञ्चनपुर । कञ्चनपुरबाट ५ जना जुवाडे पक्राउ परेका छन्।  जिल्लाको बेदकोट नगरपालिका३ चौरी स्थित मदन सिंह मडैको घरमा जुवातास खेलिरहेको अवस्थामा ४८ वर्षीय मडैसहित ५ जना पक्राउ परेका हुन्। 

उनीहरुलाई अस्थायी प्रहरी पोष्ट दैजीबाट खटिएको प्रहरी टोलीले नगद १३ हजार ८७५ र ४८० पत्ति ताससहित मंगलवार पक्राउ गरेको जनाएको छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

clock बुधबार ०७, कार्तिक २०८१ ०७:१९

प्रतिक्रिया