कडिपत्ता बेचेर खर्च जुटाउँछन् कञ्चनपुरको मुसेट्टीका बालबालिका

  मङ्गलबार ०६, कार्तिक २०८१ १०:०८

कञ्चनपुर । भीमदत्त नगरपालिका–९ मटेनाकी शारदा राना साथीभाईसँगै बिहानै नजिकै रहेको भारतीय जंगलमा जान्छिन् । त्यहाँबाट कडिपत्ता काटेर ल्याउछिन् । त्यसपछि घरको आँगनमा र खाली भएका बेला खेतका गह्रामा सुकाउँछिन् । एकरदुई दिन सुकाएर त्यसका पात झार्छिन् ।

त्यसपछि पातहरु बोरीमा भरेर सीमावर्ती भारतीजार टनकपुर पुर्‍याएर बिक्री गर्छिन् । त्यसैबाट आफ्नो खर्च चलाउछिन् । राना सातामा दुई दिन कडिपत्ता बिक्री गर्न टनकपुर पुग्छिन् । एक पटकमा ६र७ सय भारु सम्म आम्दानी हुन्छ । उनले संकलन गरेर टनकपुर पुर्‍याएको कडिपत्ता प्रतिकिलो ४० भारुमा बिक्री हुन्छ ।

टनकपुरमा कडिपत्ताको माग धेरै बढी छ । त्यहि अनुसार मुल्य पनि बढदै गएको छ । गत विगतका वर्षमा प्रतिकिलो २०र२५ भारुमा बिक्री हन्थ्यो भने अहिले त्यसको मुल्य झण्डै दोब्बर भएको छ । ‘त्यहाँ त जति लगे पनि बिक्री हुन्छ, तर जंगलबाट ल्याएर सुकाएर लैजान धेरै मिहिनेत लाग्छ,’ रानाले भनिन् ।

उनले चाररपाँच वर्षदेखि नियमित रुपमा कडिपत्ता बिक्री गर्दै आएकी छिन् । उनको टोलका अन्यले पनि कडिपत्तालाई आम्दानीको स्रोत बनाएका छन् ।

उनका अनुसार हिउँद र बर्खामा गरि दुई सिजनमा कडिपत्ता संकलन गर्न सकिन्छ । ग्रामीण भेगमा सोतरका रुपमा प्रयोग हुने यसबाट पछिल्लो समय भने स्थानीयले आम्दानी गर्न थालेका हुन् ।

‘कडिपत्ताबाटै घर खर्च चलाएका छौं,’ भीमदत्त नगरपालिका ९ मुसेट्टीकी निर्मला दमाईले भनिन्, ‘संकलन गरेर टनकपुर पुर्‍याउन गाह्रो हुन्छ, त्यहाँ पुर्‍याउन सके त जति पनि बिक्री हुन्छ ।’ पाँच वर्षअघि उनले पहिलो पटक कडिपत्ता टनकपुर लैजादा प्रतिकिलो १५ देखि २० रुपैँयामा बिक्री गरेकी थिइन् । तर अहिले त्यसकै मुल्य दोब्बर पुगेको छ ।

उनी मुसेट्टीबाट एकरडेढ घण्टा पैदल हिडेर ब्रहृमदेव हुदै सीमावर्ती बजार टनकपुर पुग्छिन् । टनकपुरमा कडिपत्ता बिक्री गरेर त्यसैबाट घरका लागि चाहिने नुनतेल देखि आवश्यक सामान किनेर ल्याउछिन् ।

सीमावर्ती बजारमा माग र मुल्य बढदै गएपनि नियमित संकलनका कारण घटदै गएको स्थानीय बताउछन् । विगतको तुलनामा अहिले जंगलमा नपाइने उनीहरु बताउँछन् । बिहान घाँस दाउरा संकलन गरे झैं महिलाहरु जंगलबाट संकलन गरेर ल्याउछन् । त्यसपछि आँगनभरि सुकाउछन् ।

अहिले मटेना, खल्ला र मुसेट्टीका अधिकांसका घर आंगनमा कडिपत्ता सुकाएको देखिन्छ । कतिपयले घर आगाडीको सडकमै पनि सुकाएको देखिन्छ । यतिबेला धानवाली भित्र्याउने चटारो पनि छ । यसका बावजुद पनि फुर्सद निकालेर महिलाहरु कडिपत्ता संकलन र बिक्रीमा लागेका छन् ।

यसैबाट उनीहरुले घरको नुनतेलको खर्च समेत जुटाएका छन् । उक्त क्षेत्रबाट कति जनाले कति परिमाणमा कडिपत्ता भारततर्फ लैजान्छन भन्ने कुनै निकायसंग तथ्यांक छैन ।

clock मङ्गलबार ०६, कार्तिक २०८१ १०:०८

प्रतिक्रिया