कैलालीको घोडघोडीबाट ६ जुवाडे पक्राउ

  मङ्गलबार ०६, कार्तिक २०८१ ०८:१२

धनगढी । कैलालीको घोडघोडीबाट ६ जुवाडे पक्राउ परेका छन ।

सोमबार राती घोडाघोडी नगरपालिका – ४ माघी गाउ स्थित कृष्ण बहादुर साउदले सञ्चालन गरेको पसलबाट ६ जुवाडे पक्राउ परेका हुन ।

इलाका प्रहरी कार्यालय सुखडबाट खटिएको प्रहरी टोलीले उनीहरुको साथबाट ३१ हजार ५ सय नगद र १ गड्डी तास बरामद गरेको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।

clock मङ्गलबार ०६, कार्तिक २०८१ ०८:१२

प्रतिक्रिया