धनगढीमा एयर किङ मेन पावरको साखा खुल्यो

  सोमबार ०५, कार्तिक २०८१ १३:१७

धनगढी । धनगढीमा एयर किङ मेन पावरको साखा खुलेको छ । बैदेसिक रोजगारी सम्बन्धी सेवा दिने उद्देश्यले एयर किङ मेन पावरको साखा सञ्चालन गरिएको हो । साखाको आज एक कार्यक्रमका बिच पुर्व मन्त्री समेत रहेका प्रदेशसभा सदस्य रमेश सिहं धामीले उद्घाटन गरेका हुन् । 

उद्घाटन गर्दै प्रदेशसभा सदस्य धामीले धनगढीमै मेन पावरको साखा खुलिसकेपछि बैदेशिक रोजगारीको प्रक्रिया शुरु गर्नकै लागी काठमाण्डौँ धाउनुपर्ने बाध्यता हटेको बताए ।

अध्यायनका लागी बिभिन्न देश पठाउने कन्सलटेन्सीका साखा धेरै खुलेपनि कामदार पठाउने गरी धनगढीमै साखा खोलिनु नौलो बिषय रहेको बताउँदै धामीले सुलभ र शुरक्षित तरिकाले बैदेशिक रोजगारीमा पठाउन एयर किङ मेन पावरलाई सुझाव दिए ।

एयर किङ मेन पावरको साखाबाट बैदेशिक रोजगारीमा जान चाहानेलाई धनगढीबाटै आवश्यक प्रक्रिया पुरा गरी पठाइने साखा प्रबन्धक बिष्णु केसीले बताए । हामीले गल्फमा काम गर्न खोजेका हौँ प्रबन्धक केसीले भने “खाडी मुलुक जाने हाम्रा दाजुभाई थुप्रै हुनुहुन्छ, सामान्य जानकारी लिन तथा भिसा प्रक्रियाकै लागी काठमाण्डौँ धाउनुपर्छ, त्यसको अन्त्य गर्ने प्रयास हामीले गरेका छौँ, दुवै, कतार, मलेसिया, साउजी जस्ता देशमा कामदारका लागी जाने नेपालीहरुलाई हामी धनगढीबाटै पठाउन सक्छौँ ।”

धनगढी उपमहानगरपालिका ३ चौराहा बुद्ध एयरको कार्यालय सगैं सञ्चालन गरिएको साखाबाट शुरक्षित तरिकाले बैदेशिक रोजगारीमा पठाइने प्रबन्धक केसीले बताए । धनगढीबाटै बैदेशिक रोजगारीको प्रक्रिया शुरु हुँदा ठगिने समस्यापनि नआउने उनको दावी छ ।

clock सोमबार ०५, कार्तिक २०८१ १३:१७

प्रतिक्रिया