नेपाल रानाथारु समाजको अध्यक्षमा कमल निर्वाचित

  आइतबार ०४, कार्तिक २०८१ ०७:५९

धनगढी । नेपाल रानाथारु समाजको अध्यक्षमा कमल सिं राना निर्वाचित भएका छन् । समाजको ७ औँ महाधिवेशनबाट रानाको नेतृत्वमा १५ सदस्यीय समिति निर्वाचित भएको हो । 

यस्तै समाजको उपाध्यक्षमा कन्दकला राना र डिट्ठा राना, महासचिवमा तीर्थराज राना, सचिवमा साहेब राना र भजन राना तथा कोषाध्यक्षमा चन्दा किरण राना निर्वाचित भएको निर्वाचन समितिले जनाएको हो।  

सदस्यहरूमा अम्लेस राना, गोदावरी राना, दान सिंह राना, रतिता राना, लालमनी राना, शिव चरण राना, सरिता राना र सामु राना निर्वाचित भएका छन् । 

नेपाल रानाथारु समाजको ७ औँ महाधिवेशनमा १५ सदस्यीय समिति चयन

clock आइतबार ०४, कार्तिक २०८१ ०७:५९

प्रतिक्रिया