धनगढीमा १२ जना जुवाडे पक्राउ

  शनिबार ०३, कार्तिक २०८१ ०८:३०

धनगढी । धनगढीमा १२ जना जुवाडे पक्राउ परेका छन्।
धनगढी उपमहानगरपालिका-१ पशुपती टोलमा कमल मल्लको टिनले छाएको १ तले घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ४१ वर्षीय कमलराज अधिकारीसहित १२ जना पक्राउ परेका हुन्। 

उनीहरुलाई वडा प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले नगद २७ हजार ६५ रुपैँया र १ गड्डी ताससहित पक्राउ गरेको बताएको छ।

clock शनिबार ०३, कार्तिक २०८१ ०८:३०

प्रतिक्रिया