बेलडाँडीमा चितुवा बस्तीमा देखिएपछि स्थानीय त्रसित

  शनिबार ०३, कार्तिक २०८१ ०८:११

बेलौरी । कञ्चनपुरको बेलडाँडीमा चितुवा बस्तीमा देखिएपछि स्थानीय त्रसित बनेका छन ।

शुक्रवार राती बेलडाँडी गाउँपालिका –२ चन्दनवस्ति बस्तीमा चितुवा देखिएपछि स्थानीय त्रसित बनेका हुन ।

शुक्लाफाटा राष्ट्रिय निकुञ्ज छेउमै रहेको बस्तीमा राती चितुवा देखिएपछी स्थानीय र सुरक्षा निकाय उक्त क्षेत्रमा जम्मा भएका छन ।

अहिले उक्त क्षेत्रमा त्रास बढेको छ । लाइट लगायत सवारी साधनको प्रयोग गरि चितुवा बस्ती बाहिर पठाउने प्रयास भइरहेको स्थानीयले बताएका छन ।

clock शनिबार ०३, कार्तिक २०८१ ०८:११

प्रतिक्रिया