बैतडीमा हवल्दारले वेपत्ता पारेकी किशोरीको घरमा अर्को बज्रपात

  शनिबार ०३, कार्तिक २०८१ ०७:२२

बैतडी । बैतडीमा प्रहरी हवल्दारले वेपत्ता पारिएकी भनिएकि कशोरिको घरमा अर्को बज्रपात आइलागेको छ ।

जिल्लाको पञ्चेश्वर गाउंपालिका वडा नम्बर २ महाकालीस्थित डिम्मरघाटकि १७ वर्षीया किशोरीका काकाको निधन भएको छ ।

छोरी वेपत्ता हुँदा चिन्तत रहेको परिवार उनको काकाको निधनले थप शोकमय बनेको छ ।

किशोरीका काका लक्ष्मण सिंह मगोंलाको निधन भएको परिवारले जनाएको छ । मगोंला टिविसम्बन्धि बिरामी रहेको उनको परिवारले जनाएको छ ।

वेपत्ता पारिएकी भनिएकी किशोरीको अझै पत्ता लागेको छैन । आरोपित प्रहरी हवल्दार जिल्ला प्रहरीकार्यालय बैतडीको नियन्त्रणमा छन् । घटना सम्बन्धि अनुसन्धान भइरहेको र किशोरीको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ ।

clock शनिबार ०३, कार्तिक २०८१ ०७:२२

प्रतिक्रिया