देशभर चिसो बढ्दै, पहाडी भागका केही ठाउँमा हल्का वर्षा हुने

  शुक्रबार ०२, कार्तिक २०८१ ०६:४९

धनगढी । हाल देशभर पश्चिमी वायुको प्रभाव रहनुका साथै कोशी, वाग्मती र गण्डकी प्रदेशको पहाडी भागमा स्थानीय वायुको पनि केही प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । 

देशबाट मनसुन बाहिरिएसँगै देशका विभिन्न भागको तापक्रम क्रमशः घट्न थालेको छ । विभागका अनुसार कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही भागमा आंशिकदेखि साधारणतया बदली रहेको र बाँकी भागमा मौसम सफा रहेको छ ।

विभागले आज बिहान ६ बजे जारी गरेको मौसम बुलेटिन अनुसार आज दिउँसो देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहने छ । कोशी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भागका केही स्थान तथा बाँकी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।

त्यसैगरी आज राति कोशी, वाग्मती र गण्डकी प्रदेशको पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहनेछ । कोशी, वाग्ती र गण्डकी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।

clock शुक्रबार ०२, कार्तिक २०८१ ०६:४९

प्रतिक्रिया