टीकापुरमा नदीमा डुबेर भारतीय नागरिक बेपत्ता

  बिहिबार ०१, कार्तिक २०८१ १५:३१

धनगढी । कैलालीको टीकापुरमा नदीमा डुबेर एक भारतीय नागरिक बेपत्ता भएका छन्।

टीकापुर नगरपालिका–८ का रतन खत्रीको नास्ता पसलमा काम गर्ने भारतीय नागरिक छोटु भनिने ५० वर्षीय पुरुष मोहना नदीमा डुबेर बेपत्ता भएको प्रहरीले जनाएको छ। 

बुधबार नदीमा नुहाउने क्रममा उनी बेपत्ता भएका थिए। स्थानीयको सहयोगमा प्रहरीले उनको खोजी गरिरहेको छ।

clock बिहिबार ०१, कार्तिक २०८१ १५:३१

प्रतिक्रिया