मालाखेती र कैलाली ट्राफिक प्रमुख सहित १० उत्कृष्ठ प्रहरी पुरस्कृत

  बुधबार ३०, असोज २०८१ १५:२१

धनगढी । ६९ औँ प्रहरी दिवशको अवशरमा इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरिक्षक गंगाबहादुर थापा सहित १० जना प्रहरी पुरस्कृत भएका छन् ।

कार्यदक्षता मुल्याकंनमा उत्कृस्ठ बनेका १० प्रहरीलाई दिवशको अवशरमा सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालयमा आयोजित कार्यक्रममा पुरस्कार वितरण गरिएको हो ।

पुरस्कृत हुनेमा जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी निरीक्षक गङ्गाबहादुर सारु, सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयमा कार्यरत प्रहरी निरीक्षक दयालबहादुर साउद, गङ्गाबहादुर थापा छन् ।

यसैगरी, प्रहरी वरिष्ठ हवल्दार सुरेन्द्रबहादुर चन्द, राजेन्द्र विष्ट, देवराज कामी, नरेन्द्रबहादुर बम, प्रहरी जवान हेमराज विष्ट र सुस्मिताकुमारी रोकाया पनि पुरस्कृत भएका छन् । उनिहरुलाई सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले पुरस्कार वितरण गरेका हुन् ।

clock बुधबार ३०, असोज २०८१ १५:२१

प्रतिक्रिया