डडेल्धुरामा १४ वर्षीया आरतीको घाँटी थिचेर हत्या भएको पुष्टि

  मङ्गलबार २९, असोज २०८१ १५:२६

डडेल्धुरा । डडेल्धुराकी १४ वर्षीया किशोरी आरती भट्टराईको घाँटी थिचेर हत्या गरिएको पुष्टि भएको छ । डडेल्धुरा अस्पतालको पोस्टमार्टम रिपोर्टले घाँटी थिचेर आरतीको मृत्यु भएको देखाएको हो । 

जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक सुगन्ध श्रेष्ठका अनुसार आरतीको श्वासप्रस्वास प्रणाली बन्द भएर मृत्यु भएको पोस्टमार्टम रिपोर्टमा उल्लेख गरिएको छ । स्थानीयले आरतीको बलात्कारपछि हत्या भएको बताउँदै आएका छन् । 

''ठ्याक्कै पोस्टमार्टम रिपोर्टमा बलात्कार नै भनेर लेखिएको छैन । तर, प्राइभेट पार्टमा स्टगल भने देखाइएको छ । विस्तृत परीक्षणपछि थप कुरा खुल्छ,'' डीएसपी श्रेष्ठले भने ।

डीएसपी श्रेष्ठका अनुसार भजाइनल स्वाब परीक्षणका लागि महाराजगञ्जस्थित केन्द्रीय विधि विज्ञान प्रयोगशालामा पठाइएको छ । २५ असोजमा आरती अमरगढी नगरपालिका-७, पोखरामा मृत फेला परेकी थिइन् ।

उनको शव प्लास्टिकको बोरामा फेला परेको थियो । भट्टराईको हत्या गरेको आरोपमा पक्राउ परेका सोही ठाउँका ५८ वर्षीय टेकबहादुर भण्डारीलाई प्रहरीले सार्वजनिक गरिसकेको छ ।

उनको पोखरा बजारमा भण्डारी पुस्तक तथा स्टेशनरी पसल छ । उनले पसलमै भट्टराईको घाँटी थिचेर हत्या गरेको स्वीकार गरिसकेको प्रहरीको दाबी छ ।

clock मङ्गलबार २९, असोज २०८१ १५:२६

प्रतिक्रिया