धनगढीमा स्रोत नखुलेको ९ लाख भारु सहित दुुई युवक पक्राउ

  सोमबार ०१, जेठ २०८० १८:३३

धनगढी । धनगढीमा स्रोत नखुुलेको ९ लाख भारतीय रुपैयाँसहित दुुई जना पक्राउ परेका छन् । अस्थायी प्रहरी पोष्ट बसपार्कका प्रहरी सहायक निरीक्षक निरीक्षक (असई) गजेन्द्रबहादुर चन्द नेतृत्वको टोलीले धनगढी उपमहानगरपालिका–४ शहीदगेटबाट दुई जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–१० जुुगेडाका २८ वर्षीय विजय राना र २९ वर्षीय अक्षय राना रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक खगेन्द्र साउँदले जानकारी दिए ।

धनगढीका एक व्यवसायीबाट स्रोत नखुलेको रकम लिएर मोटरसाइकलमा जुगेडातर्फ गइरहेको विशेष सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको साउँदले बताए ।

उनकाअनुसार उनीहरुको साथबाट ९ लाख भारतीय रुपैयाँ (पाँच सय दलका १८ सय नोट) र ४१ हजार (पाँच सय दलका ८२ नोट) नेपाली रुपैयाँ बरामद गरिएको छ । दुवै जनाको साथबाट प्रहरीले कुल नेपाली १४ लाख ८१ हजार रुपैयाँ बरामद गरिएको जनाएको छ ।

पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ । उनीहरुलाई आवश्यक कारवाहीका लागि राजश्व अनुुसन्धान विभाग नेपालगञ्जमा बुझाइने प्रहरीले जनाएको छ ।

clock सोमबार ०१, जेठ २०८० १८:३३

प्रतिक्रिया